नियम ५३
वायुयान, वायुयानको पार्टपूर्जा आयात, संचय, ओभरहल तथा विक्री वितरण गर्ने प्रमाणपत्रको मान्यता

(१) अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सदस्य राष्ट्र वा त्यस्तो राष्ट्रबाट अख्तियार प्राप्त व्यक्ति वा संस्थाबाट वायुयानको पार्टपूर्जा आयात, संचय, ओभरहल तथा बिक्री वितरण गर्ने संस्था सम्बन्धी उद्योग व्यवसाय सञ्चालन गर्न प्रदान गरेको ईजाजतपत्र अनुसार स्थापना गरेको वायुयानको पार्टपूर्जा आयात, संचय, ओभरहल तथा बिक्री गर्ने संस्थाले एनेक्स तथा म्यानुअलमा उल्लेख भएको ढाँचामा आवश्यक विवरण खुलाई अनुसूची–
१ मा उल्लेख भए बमोजिमको शुल्क संलग्न गरी महानिर्देशक समक्ष दरखास्त दिने पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेमा महानिर्देशकले आवश्यक जाँचबुझ गरी एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको ढाँचामा त्यस्तो संस्थालाई शर्त तोकी वा नतोकी नेपाली वायुयानको आयात, संचय, ओभरहल तथा बिक्री वितरण गर्न पाउने गरी
मान्यता दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम मान्यता दिने सम्बन्धी अन्य कार्यविधि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।